National life

एनएमबि खेति कर्जाको लागि बागमती गाउंपालिकासंग सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८१, आइतबार
1.4kShares
एनएमबि खेति कर्जाको लागि बागमती गाउंपालिकासंग सम्झौता
ncell

काठमाडौं । एनएमबि बैंक लिमिटेड र डि.भी एक्सेलस प्रा.लि.(खेति एप) र बागमती गाउँपालिका मकवानपूर बीच गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा.बुद्धि मल्ल, डि.भी एक्सेलस प्रा.लि.को तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंक र डि.भी एक्सेलस प्रा.लि. बीच खेति एप मार्फत किसान तथा कृषि व्यवसायमा संलग्न ब्यक्तिहरुलाई पूर्ण रुपमा डिजिटल कर्जा प्रदान गर्नको लागि सम्झौता भए बमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आईरहेकोमा बागमती गाउँपालिकाले कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई यस डिजिटल कर्जा मार्फत उनीहरुलाई कर्जा लगानी सहज बनाएर कृषकहरुको आर्थिक अवस्था बृद्धि गर्नको लागि तीनै वटा संस्था मिलि वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्ने, प्राप्त गर्न योग्य किसानहरुलाई कर्जा कर्जाको लागि सहजीकरण गर्ने, ऋणीहरुलाई अन्य बिभिन्न खालका परामर्श सेवाहरु प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने जस्ता बिषयहरुमा सहमति भएको छ ।

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरुलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नको लागि विभिन्न कार्यक्रमहरु गरिरहेको र आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकिकरण गर्ने र कृषी व्यवसायद्धारा गाउँपालिकाका ऋणीहरुलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणिय गाउँपालिका बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र केही वडाका अध्यक्षहरु, कृषि अधिकृत लगायत अन्य अधिकृतहरुको समेत उपस्थिती रहेको थियो । अघिल्लो बर्ष बागमती र गण्डकी प्रदेशमा शुरु गरिएको एनएमबि खेति कर्जा अब भने छिट्टै नै देशभर शुरु गर्ने तयारी गर्न लागिएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?