काठमाडौं । विगत पाँच वर्षदेखिको सबैभन्दा ठूलो चाउचाउ निर्यातकर्ता एशियन थाई फुड्सले मसालेदार नुडल्स डेभिल्स हट चिकेन नुडल्स सार्वजनिक गरेको छ। यो कम्पनीले २५ वर्षको अनुभव र ३० भन्दा बढी देशमा निर्यातको आधारमा उत्पादन तयार गरेको जनाएको छ। चाउचाउ भदौ १६ गतेदेखि देशभर उपलब्ध हुने जनाइएको छ ।
कम्पनीका निर्देशक आशिष जाजुले डेभिल्स हट चिकेन नुडल्स केवल साधारण नुडल्स नभइ स्वादका चुनौती खोज्नेहरूको लागि तयार गरिएको उल्लेख गरे । उनले भने, “यो नेपालकै सबैभन्दा मिठो स्वादयुक्त नुडल्स हो।” व्यवस्थापकीय निर्देशक महेश जाजुले भने, “कम्पनी आईपीओ तयारीको एक भागको रूपमा नवप्रवर्तन र नेपाली रुचिअनुसारको स्वादमा प्रतिबद्ध छ।”
प्रति प्याकेट रु. ५० र ५ प्याकेटको फ्यामिली प्याक रु २५० मा उपलब्ध डेभिल्स हट चिकेन नुडल्स प्रत्येक प्याकमा चकलेट वेफर समावेश गरिएको छ जसले तातो खाना पछि मिठासको अनुभव थप गर्ने उद्देश्य राखेको छ।
यो नयाँ उत्पादन भाटभटेनी लगायत ठूला खुद्रा पसलहरू र दराज जस्ता अनलाइन प्लेटफर्ममार्फत सजिलै उपलब्ध हुनेछ। एशियन थाई फुड्सले उच्च गुणस्तर, प्रामाणिकता, र नवप्रवर्तन कायम राख्दै नेपाली ग्राहकका लागि वास्तविक एशियाली खानाका अनुभव उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।





































