National life

काठमाडौँ महानगरभित्र प्लास्टिकको फूलमाला बिक्री वितरण र प्रयोगमा निषेध

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ कात्तिक २०८१, बिहिबार
766Shares
काठमाडौँ महानगरभित्र प्लास्टिकको फूलमाला बिक्री वितरण र प्रयोगमा निषेध
ncell

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले तिहारको समयमा प्लास्टिक तथा प्लास्टिक पुष्प गुच्छा एवम् माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ।

आज एक सूचना जारी गर्दै महानगरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको  कारण प्लास्टिक पुष्प गुच्छा बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।

महानगरले प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।  महानगरको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गरिने प्रकाशित सूचनामा उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
766SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?