National life

कालिका लघुवित्तमा ६१ जनालाई रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ साउन २०८१, बुधबार
1.4kShares
कालिका लघुवित्तमा ६१ जनालाई रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?
ncell

काठमाडौँ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ६१ जना कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।

कम्पनीले सुपरभाइजरमा १५ जना, वरिष्ठ सहायकमा ७ जना, सहायकमा १४ जना र कनिष्ठ सहायकमा २५ जना माग गरेको हो । सुपरभाइजरका लागि स्नातक वा प्रवीणता तह उत्तीर्ण गरी निकटतम तल्लो पदमा ३ वर्ष वा एसएलसी उत्तीर्ण गरी निकटतम तल्लो तहमा ४ वर्षको अनुभव भएकाले आवेदन दिन पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वरिष्ठ सहायकका लागि पनि सोही शैक्षिक योग्यतामा २ वा ३ वर्ष कार्यानुभव भएकाले आवेदन दिन पाउनेछन् । सहायकका लागि प्रवीणता प्रमाणपत्र वा एसएलसी उत्तीर्ण गरी निकटतम तल्लो तहमा २ वर्ष अनुभव भएका र कनिष्ठ सहायकका लागि एसइई वा एसएलसीमा कम्तीमा डी प्लस ग्रेड ९१.६ (जीपीए) सहित उत्तीर्ण भएकाले आवेदन दिन पाउनेछन् ।

उमेरको हदमा १८ वर्ष पूरा भई ३५ ननाघेको र महिलाको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?