National life

क्रिप्टोकरेन्सीमा संलग्न ३ जना पक्राउ, १ अर्ब ३६ करोडको कारोबार भएको खुलासा

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०९ चैत २०८२, सोमबार
1.4kShares
क्रिप्टोकरेन्सीमा संलग्न ३ जना पक्राउ, १ अर्ब ३६ करोडको कारोबार भएको खुलासा
ncell

काठमाडौँ । अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा भारत, पश्चिम बंगाल घर भई हाल ललितपुरको एकान्तकुनामा बस्दै आएका ४१ वर्षीय प्रवेश अली, बाँकेको घर भएका तर काठमाडौंको जोरपाटीमा बस्दै आएका ३१ वर्षीय नरेश रेउले र सर्लाही घर भई ललितपुरको नख्खु बस्दै आएकी ३० वर्षीया दिप्ती पोखरेल रहेका छन्।

प्रहरीका अनुसार हुण्डी र डिजिटल मुद्राको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनापछि अनुसन्धान सुरु गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोही क्रममा प्रहरी टोलीले प्रारम्भमा नरेश रेउलेलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको हो। सोधपुछका क्रममा उनले दिप्ती पोखरेल र प्रवेश अलीका लागि ‘यूएसडीटी’ (डिजिटल मुद्रा) किनबेच गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीले दिप्ती पोखरेललाई सामाखुशीस्थित रेडहन पुल क्षेत्रबाट १५ लाख ३० हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको थियो भने प्रवेश अलीलाई ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानबाट प्रवेश अलीले प्रयोग गरेको बाइनान्स खातामार्फत करिब १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५८० रुपैयाँ बराबरको कारोबार भएको तथ्य भेटिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। साथै, यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता छ वा छैन भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?