काठमाडौँ। गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा अनिल रेग्मी नियुक्त भएका छन् ।
भदौ ३१ गते बसेको बैंक संचालक समितिको बैठकले रेग्मीलाई डीसीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो ।


































