काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार ३६.८३ अंकले घटेर २७४९.५७ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३२२ कम्पनीको २ करोड ८३ लाख ६ हजार ३४२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा बढी गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ३७ करोड ६५ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रो स्थानमा रहेको अपि पावर कम्पनीको ३६ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ५६ लाख १३ हजार रुपैयाँ, नेपाल फाइनान्सको ३४ करोड ३ लाख ८० हजार रुपैयाँको कारोबार भएको हो ।



































