National life

गुडविल फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
750Shares
गुडविल फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?
ncell

काठमाडौं । आज मंगलवार साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढोत्तरी आएको छ । आज बजार २५.८८ अंकले बढेर २६६५.८१ को विन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ३१४ वटा कम्पनीहरुको एक करोड नौ लाख ६२ हजार कित्ता शेयरको खरिद–बिक्री भएर चार अर्ब १७ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ। उक्त दिन सबैभन्दा बढी गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ

कम्पनीको १७ करोड ३२ लाख ४१ हजार रुपैया बराबरको कारोबार भएको छ । कुमारी बैंकको १३ करोड ८० लाख ६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको १२ करोड २८ लाख ४८ हजार रुपैयाँ, पिपुल्स हाइड्रोपावरको १० करोड ९९ लाख ९५ हजार रुपैयाँ कारोबार भएको छ।

शेयर बजार बढेसँगै रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ८।८६ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । जसमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७० रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, मनकामना इन्जिनियरीङ हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, महुली लघुवित्त, मैलुङ खोला जलविद्युत लगायतका कम्पनीको शेयरमूल्य ६ प्रतिशत बढीले बृद्धि भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
750SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?