काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा गिरावट आएको छ। उक्त दिन बजार ४७.४४ अंकले घटेर २६९७.९१ को विन्दुमा कायम भएको छ।
बजार घटे पनि कारोबारमा भने वृद्धि भएको छ ।
आज सबैभन्दा बढी गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको ४५ करोड ७ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, कुमारी बैंकको ३७ करोड ८७ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । कारोबार रकमको आधारमा कुमारी बैंक दोस्रो स्थानमा रहेको छ।
त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको २६ करोड ५ लाख ८९ हजार रुपैयाँ, एचआइडिसिएल संस्थापक सेयरको २३ करोड २६ लाख ७ हजार रुपैयाँ कारोबार भएको छ ।


































