National life

साताभरमा ६८.३४ अंकले घट्यो नेप्से, कारोबार रकम समेत खुम्चियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ मंसिर २०८१, शनिबार
694Shares
साताभरमा ६८.३४ अंकले घट्यो नेप्से, कारोबार रकम समेत खुम्चियो
ncell

काठमाडौँ । गत साता २७४८.७८ विन्दुमा बन्द भएको नेप्से, यस साता २.४९ प्रतिशत अर्थात् ६८.३४ अंक घटेर २६८०.४४ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समग्रमा यस साता नेप्से परिसूचक साढे २ प्रतिशत घटेर बन्द भएको छ।

साताभरमा भएको ४ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको छ। यस साताको मंगलबार र बिहीबार नेप्से घटेको हो ।  यस साता सेन्सेटिभ इण्डेक्स १३.०६ अंक घटेको छ ।

नेप्सेसँगै यस साता कारोबार रकममा समेत गिरावट आएको छ । गत साता दैनिक औषतमा ९ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ३९ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ०.५२ प्रतिशत घटेको हो।

फ्लोट इण्डेक्स ४.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३४ अंक घटेको छ यस साता दैनिक औषत शेयर संख्या ०.३५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ०.८० प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.११ प्रतिशत घटेको छ। गत साता ३७६१.७७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १९२.३४ अंक घटेर ३५६९.४३ विन्दुमा झरेको छ।

यो समाचार शेयर गर्नुहोस्
694SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?