National life

नेप्से परिसूचकमा साढे २ % को बढोत्तरी: कारोबार रकममा भने गिरावट, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ मंसिर २०८१, शनिबार
584Shares
नेप्से परिसूचकमा साढे २ % को बढोत्तरी: कारोबार रकममा भने गिरावट, कारोबार कति ?
ncell

काठमाडौँ ।  गत साता २६८०.४४ विन्दुमा बन्द भएको नेप्से, यस साता २.५२ प्रतिशत अर्थात् ६७.६१ अंक बढेर २७४८.०५ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समग्रमा साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेर बन्द भएको छ।

यस साता ५ कारोबार दिनमध्ये तीन कारोबार दिन नेप्से बढेको हो । भने दुई कारोबार दिन नेप्से घटेको थियो। यस साता सेन्सेटिभ इण्डेक्स ४.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक बढेको छ।

साता भरमा भएको नेप्से बढे पनि यस साता कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ९ अर्ब ३९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ८८ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १६.०८ प्रतिशत घटेको हो।

गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ६८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६.७५ प्रतिशत अर्थात् २ खर्ब ८८ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५६ अर्ब पुगेको छ। यस साता दैनिक औषत शेयर संख्या २५.२२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १७.५२ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २०.९६ प्रतिशत बढेको छ। त्यस्तै, यस साता विकास बैंक र जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

अंकका आधारमा पनि यस साता व्यापार उपसमूहकै परिसूचक सर्वाधिक ७३२.८२ अंक बढेको छ। गत साता ३४९६.३७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ४२२९.१९ विन्दुमा पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?