काठमाडौं ।आर्थिक वर्ष २०८१-०८२ को साउन मसान्तसम्ममा वाणिज्य बैंकहरुले बाट घरजग्गामा मात्रै २ खर्ब बढी कर्जा प्रवाह गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकका अनुसार वाणिज्य बैंकहरुले घरजग्गामा कुल २ खर्ब २४ अर्ब ५३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये एनआईसी एसिया बैंकले सबैभन्दा बढी करीव २८ अर्ब २४ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन वाणिज्य बैंकहरुबाट घरजग्गामा गएको कुल कर्जाको १२.५८ प्रतिशत हो ।
घरजग्गामा बढी कर्जा प्रवाह गर्ने वाणिज्य बैँकको सुचीमा दोस्रो नम्वरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले करीव २४ अर्ब ८६ करोड २१ लाख रुपैयाँ कुल कर्जाको ११.०७ प्रतिशत कर्जा प्रवाह गरेको छ । यसैगरी नबिल बैंकले करीव २३ अर्ब ५० करोड ६४ लाख अर्थात कुल कर्जाको १०.४७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १८ अर्ब ९९ करोड २३ लाख रुपैयाँ अर्थात कुल कर्जाको ८.४६ प्रतिशत कर्जा प्रवाह गरेको छ।
ग्लोबल आइएमई बैंकले १५ अर्ब ७३ करोड ५३ लाख रुपैयाँ घरजग्गामा कर्जा प्रवाह गर्दा प्रभु बैंकले १५ अर्ब २ करोड ५५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १३ अर्ब ९८ करोड ४३ लाख रुपैयाँ, नेपाल बैंकले १३ अर्ब ९४ करोड ३२ लाख रुपैयाँ र हिमालयन बैंकले १३ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ कर्जा प्रदान गरेका छन् । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकबाट ९ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ८ अर्ब ३६ करोड ९९ लाख रुपैयाँ, एभरेष्ट बैंकबाट ६ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ घरजग्गामा कर्जा प्रवाह भएको छ ।
सानिमा बैंकबाट ५ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ, एनएमबि बैंकबाट ४ अर्ब ८९ करोड ९९ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकबाट ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँ, सिद्धार्थ बैंकबाट ४ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ, सिटिजन्स बैंकबाट ४ अर्ब ५८ करोड १२ लाख रुपैयाँ, कुमारी बैंकबाट ४ अर्ब ११ करोड ५३ लाख रुपैयाँ, कृषि विकास बैंकबाट १ अर्ब ७२ करोड ५१ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकबाट १ अर्ब ६० करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

































