National life

चन्द्रागिरी हिल्सकाे नाफा बढ्याे, प्रतिशेयर आम्दानी कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
666Shares
चन्द्रागिरी हिल्सकाे नाफा बढ्याे, प्रतिशेयर आम्दानी कति ?
ncell

काठमाडाैं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०७ प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २० करोड ६१ लाख रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५९ प्रतिशत बढी हो। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १०.१९ प्रतिशत बढेको छ भने खर्च ५१.५९ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ १६ पैसा बढेर ५ रुपैयाँ ५७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९१.१३ गुणा रहेको छ।

त्यस्तै, कम्पनीको १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । जगेडा कोष २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?