National life

ज्योति विकास बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो, यस्ताे छ वित्तीय विवरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ कात्तिक २०८०, शुक्रबार
516Shares
ज्योति विकास बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो, यस्ताे छ वित्तीय विवरण
ncell

काठमाडाैं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.२५ प्रतिशत कम हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४.६५ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ०.१४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४९.२५ प्रतिशत घटेको छ। बैंकको निष्क्रिय कर्जा २.५ प्रतिशतबाट बढेर ३.७५ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ३३ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १३ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ११ रुपैयाँ ९७ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ७६ पैसा घटेर ४ रुपैयाँ ६२ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६१.४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७० पैसा रहेको छ।

४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ८७ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप १.१० प्रतिशत बढेको छ भने कर्जा ०.१४ प्रतिशत घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?