काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका ग्राहकहरुले कमलादी स्थित स्काई वाल्क टावरमा बिशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई स्काई वाल्क टावरमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिङ तथा ब्रान्डिङ विभागका प्रमुख कुशल जंग अधिकारी तथा स्काई वल्क टावरको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुसार ज्योति विकास बैंकका ग्राहकहरुले स्काई वल्कका भ्यू टावर भ्रमण गर्दा टिकट शुल्कमा छुट पाउने बैंकले जनाएको छ ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

































