National life

तिहारमा तोकिएको स्थान बाहेकका ठाउँबाट फूलमाला बेचे महानगरले कारबाही गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ कात्तिक २०८१, आइतबार
722Shares
तिहारमा तोकिएको स्थान बाहेकका ठाउँबाट फूलमाला बेचे महानगरले कारबाही गर्ने
ncell

काठमाडौँ । यस वर्षको तिहारमा काठमाडौँ भित्रका सडक किनारमा राखिएका फूल माला किन्न नपाइने भएको छ । महानगरपालिकाले जथाभाबी फुल तथा माला बेचेको पाइएमा व्यापारीलाई कारबाही गर्ने जनाएको छ ।

काठमाडौँ महानगरपालिकाले तिहारमा प्रयोग गरिने फूल र माला व्यापार गर्न ४४ स्थानमा व्यवस्था मिलाउने तयारी थालेको र आइतबार दिउँसोसम्म कहाँ कहाँबाट बेच्न पाइने भनेर यकिन गरेको ठाउँको विषयमा जानकारी सार्वजनिक गर्ने जनाएको छ ।

कामपाले डिपार्टमेन्ट स्टोर, मल र व्यापारिक केन्द्रमा व्यवस्था मिलाएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि बाटो बाटोमा जथाभाबी व्यापार गर्ने प्रवृत्ति अन्त्य गर्ने महानगरले यो कदम चालेको महाजगरको भनाई छ । कामपा प्रहरीको संयोजनमा नेपाल फ्लोरिकल्चर एसोसियसन, व्यापारी, व्यापार संघ र संगठन, डिपार्टमेन्ट स्टोर, मललगायतका संस्थासहितको शुक्रवार बसेको बैठकले तिहारमा तोकिएको स्थानमा मात्र फूल मालाको व्यापार गर्न दिने सहमति भएको हो।

होलसेलबाहेक साना व्यापारीले बिगमार्ट, सेल्सवेरी, भाटभटेनी, केके, मेट्रो मार्टलगायत ठुला मार्ट र मलमा व्यापार गर्ने व्यवस्था मिलाएको र सोही बमोजिम फूल माला नबेचेर सहमति बाहिर गएर व्यापार गरेमा कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
722SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?