National life

तीन महिनामा वाणिज्य बैंकहरुले सरकारलाई बुझाए साढे ५ अर्ब आयकर, कुनले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ कात्तिक २०८१, बुधबार
900Shares
तीन महिनामा वाणिज्य बैंकहरुले सरकारलाई बुझाए साढे ५ अर्ब आयकर, कुनले कति ?
ncell

काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१ र ८२ को पहिलो त्रैमासमा सरकारलाई साढे ५ अर्ब बराबरको राजस्व बुझाएका छन्।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा  वाणिज्य बैंकहरुले ५ अर्ब ४१ करोड ३५ लाख ९० हजार रुपैयाँ राजस्व बुझाएका हुन्। यो गत आर्थिक वर्ष २०८० र२०८१ को सोही अवधिको तुलनामा १६.४३ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आर्थिक वर्षको साउनदेखि असोजसम्ममा बैंकहरुले सरकारलाई ४ अर्ब ६४ करोड ९६ लाख ४१ हजार रुपैयाँ राजस्व बुझाएका थिए। चालु आर्थिक वर्षको असोजसम्ममा नबिल बैंकले सरकारलाई सबैभन्दा धेरै ७७ करोड ९५ लाख ९५ हजार रुपैयाँ राजस्व दिएको छ।

चालु आर्थिक वर्षको तीन महिनाको समयमा ग्लोबल आईएमई बैंकले ६३ करोड ५७ लाख १३ हजार , प्राइम कमर्सियल बैंकले ५४ करोड १५ लाख रुपैयाँ, एनएमबि बैंकले ४९ करोड १७ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४८ करोड ३३ लाख रुपैयाँ, कुमारी बैंकले ४७ करोड ८५ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ३९ करोड ९२ लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३६ करोड ९५ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका छन् ।

त्यस्तै, उक्त अवधिमा प्रभु बैंकले ३६ करोड २६ लाख ४८ हजार रुपैयाँ, हिमालयन बैंकले ३१ करोड २० लाख ५५ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २३ करोड १६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले २१ करोड ५६ लाख रुपैयाँ, सानिमा बैंकले १७ करोड ४५ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १६ करोड ७१ लाख रुपैयाँ, कृषि विकास बैंकले १० करोड ७३ लाख, सिटिजन्स बैंकले ९ करोड, नेपाल बैंकले ८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ६ करोड र एनआईसी एशिया बैंकले ४ करोड रुपैयाँ राज्यलाई कर बुझाएका छन् ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले ५ अर्ब बढी आयकर तिर्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आयकर भने ऋणात्मक देखिएको छ । बैंकको आयकर ६२ करोड ९२ लाख रुपैयाँ ऋणात्मक देखिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
900SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?