National life

दसैँ नजिकिएसँगै बजार अनुगमनमा विभागकाे सक्रियता, एकैदिन करिब ५ लाख जरिवाना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०२ कात्तिक २०८०, बिहिबार
983Shares
दसैँ नजिकिएसँगै बजार अनुगमनमा विभागकाे सक्रियता, एकैदिन करिब ५ लाख जरिवाना
ncell

काठमाडाैं । दसैँ नजिकिएसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बजार अनुगमनमा सक्रिय भएको छ । विभागले एकैदिन करिब ५ लाख जरिवाना गरेकाे छ ।

विभागले बुधबार बजार अनुगमनका क्रममा विभिन्न स्थानका व्यापारिक फर्म तथा पसलमा छड्के चेक जाँच गर्दा ४ लाख ८७ हजार ५०० रुपैयाँ जरिवाना गरेको हो ।

बजार अनुगमनका क्रममा उपत्यका र आसपासका जिल्लाका व्यापारिक फर्मलाई कारबाही गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विभागका प्रवक्ता आनन्द पोखरेलका अनुसार ५ वटा कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको भने अर्को एउटा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

यसैगरी, विभागले चितवनस्थित रामनगरको एउटा होटेललाई १० हजार जरिवाना गरेको छ । होटेलले रिलेवलिङ गरिएको गुणस्तरहीन वस्तुको बिक्री गरेको पाइएको छ। यस्तै, चितवनको अर्को होटेललाई २ हजार ५०० रुपैयाँ, सलाङघाटको होटेललाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

चितवनकै रामनगरको किराना पसललाई १० हजार, चितवनको अर्को किराना पसललाई १० हजार रुपैयाँ, मुग्लिङको होटेललाई २४ हजार ५०० रुपैयाँ, काठमाण्डौको खिचापोखरीस्थित रेडिमेड तथा थान कपडा पसललाई १५ हजार, धार्केको खाद्य वस्तु पसललाई २० हजार, धादिङको होटेललाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यसैगरी, विभागले नवलपरासीको होटेललाई ५० हजार, मुग्लिङको पसललाई १ लाख रुपैयाँ जरिवाना गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
983SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?