National life

द्वन्द्वले अर्थतन्त्रमा पार्ने प्रभाव बुझी सुरक्षाको बाटो अपनाउनुपर्छ : वाणिज्य विद् रवि शंकर सैंजु

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१९ फागुन २०८२, मङ्गलबार
1.1kShares
द्वन्द्वले अर्थतन्त्रमा पार्ने प्रभाव बुझी सुरक्षाको बाटो अपनाउनुपर्छ : वाणिज्य विद् रवि शंकर सैंजु
ncell

काठमाडौं । वाणिज्य विद् रवि शंकर सैंजुले मध्य पुर्ब तथा पश्चिम् एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘एसिया द्वन्द्वबाट नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ र उक्त घटनाबाट हामीले के सिक्नुपर्छ भन्ने विषय मुख्य हुन्छ । वास्तवमा अर्को देशमा भएको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने र सुरक्षाको बाटो अपनाउने पाठ हामीले सिक्नुपर्छ,’ सैंजुले भने, ‘अर्को देशको घटनामा आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर अघि बढ्नुपर्ने काम हामीले गर्नुपर्छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
द्वन्द्वका कारण पर्यटन पनि प्रभावित हुने उनले बताए ।

‘द्वन्द्वका कारण हवाइ यातायात प्रभावित हुने र त्यसको असर हाम्रो पर्यटन व्यवसायमा पर्ने देखिन्छ । अहिले विभिन्न स्थानका विमानस्थलहरुमा नै पर्यटक रोकिनुपर्ने स्थिति बनेको छ,’ उनले भने, ‘यो अवस्थाका कारण नेपाल आउने पर्यटकमा कमि आउने देखिएको छ ।’

उनले पर्यटकले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएकाले यस्ता विषयले नेपालको पर्यटन व्यवसायमा असर पुराउने बताएका हुन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?