काठमाडौँ । नेपाल राष्ट्र बैंकको अनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ७२ अर्ब निक्षेप संकलन भएको छ। उक्त अवधिमा निक्षेप संकलन ८ अर्बले बढेको हो ।
असोज १३ गते बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ६४ अर्ब निक्षेप संकलन भएको थियो। भने सोही महिनाको अर्को दिन अर्थात् असोज १४ गतेका दिन निक्षेप संकलन ६५ खर्ब ७२ अर्ब पुगेको छ ।
साथै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा समेत ८ अर्बको वृद्धि आएको छ । असोज १३ गते ५८ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले १४ गते ५८ खर्ब ४७ अर्ब निक्षेप संकलन भएको तथ्यांकमा उल्लेख छ ।
उक्त अवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा मा सुधार देखिएको छ। गत १३ गते ४६ खर्ब ४३ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले १४ गते ४६ खर्ब ४७ बराबरको कर्जा प्रवाह गरेका छन्।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा ४ अर्बको वृद्धि देखिएको छ। असोज १३ गते ५२ खर्ब ४४ खर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले १४ गते ५२ खर्ब ४८ अर्ब कर्जा प्रवाह गरेका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।

































