National life

निफ्राको खुद नाफा र ईपीएसमा वृद्धि, यस्तो छ अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ मंसिर २०८१, बिहिबार
1.2kShares
निफ्राको खुद नाफा र ईपीएसमा वृद्धि, यस्तो छ अन्य सूचक
ncell

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जस अनुसार बैंकको खुद नाफा, ईपीएस बढेका छ भने ब्याज आम्दानीमा गिरावट आएको छ। यस अवधिसम्ममा बैंकले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसरी कम्पनीको खुद नाफामा १५.२२ प्रतिशतको गिरावट आएको छ।

बैंकको खुद ब्याज आम्दानी पनि १९.८० प्रतिशतले घटेर ५६ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो आवमा भने बैंकले ७० करोड १५ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको थियो। बैंकले १ करोड ३६ लाख रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ।

बैंकले समीक्षा अवधिसम्ममा ५० करोड १२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९.२१ प्रतिशतले कम हो।

त्यस्तै, बैंकले २ अर्ब ४ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन र २१ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। रिजर्भ कोषमा कम्पनीले ३ अर्ब ३२ करोड रुपैयाँको सञ्चित गरेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी९ईपीएस०६.५० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.३८ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?