National life

निफ्राको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्याे, यस्ताे छ वित्तीय विवरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ कात्तिक २०८०, बिहिबार
702Shares
निफ्राको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्याे, यस्ताे छ वित्तीय विवरण
ncell

काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्रा (NIFRA) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको खुद नाफा बढेकाे छ ।

कम्पनीकाे प्रतिशेयर आम्दानी पनि बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.३० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३७ करोड ८६ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड २४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.९९ प्रतिशत बढेर ७० करोड १५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ६.८४ प्रतिशत बढेर ७० करोड ६५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ९.२८ प्रतिशत बढेर ५९ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको आम्दानी ६५ पैसा बढेर ७ रुपैयाँ ६६ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११२ रुपेयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.३६ गुणा रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप १०८.१३ प्रतिशत बढेको छ भने कर्जा ६.३१ प्रतिशत बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
702SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?