काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आगामी पुस १७ गतेका लागि पाँचौँ वार्षिक साधारण सभा डाकेको छ ।
सभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेटमा बिहान ९ बजेबाट सुरु गरिने निफ्राले जनाएको छ । सभामा गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई चुक्तापूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश पारित गर्ने मुख्य प्रस्ताव रहेको छ ।
त्यस्तै सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू छनोट गर्न निर्वाचन समेत गर्नेछ । यसै गरी, सभाले चालू आर्थिक वर्ष २०८०/०८१ का लागि लेखा परीक्षक नियुक्ति गर्ने,गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। आगामी पुस ५ गतेसम्म कायम शेयर धनीले मात्र सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्न सक्ने छन् ।
































