National life

नेको इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, वित्तीय अवस्था अब्बल 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
629Shares
नेको इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, वित्तीय अवस्था अब्बल 
ncell

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटडले चालु आर्थिक वर्ष ०८०/०८१ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा उल्लेख्य प्रगती देखिएको छ । यस अवधिमा कम्पनीले ८ करोड ८० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले तीन करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको कुल बीमा शुल्कमा पनि सामान्य अंकले बृद्धि भएको छ । यस अवधिमा कम्पनीले ७६ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा सात करोड ५३ लाख रुपैयाँ आर्जन गरेको थियो । समग्रमा विभिन्न वित्तीय सूचक अनुसार कम्पनी वित्तीय रुपमा बलियो र व्यवसायिक रुपमा अगाडी बढेको देखिएको छ ।

यस अवधिमा कम्पनीको अभिकर्ता कमिशनमा सामान्य गिरावट आएको छ । कम्पनीको उक्त कमिशन एक करोड ४४ लाख रुपैयाँबाट घटेर एक करोड २६ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीले कम्पनीले २९ करोड २८ लाख रुपैयाँ बढी दाबी भुक्तानी गरेको छ।

चालु आवको प्रथम तीन महिनामा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढेको छ। लगानी तथा कर्जाबाट आर्जन हुने आम्दानी ११ करोड ६१ लाख रुपैयाँ पुगेको छ । कुल आम्दानी भने ३.०७ प्रतिशतले बढेर ६३ करोड ७१ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीले दुई हजार २४ जना बीमितलाई बीमा दावी भुक्तानी गरेको छ । जुन गत आवको तुलनामा सामान्य अंकले बृद्धि भएको छ । कम्पनीले गत आवको यही अवधिमा दुई हजारमा तीन सय ५६ जना बीमितलाई दावी भुक्तानी गरेको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ८ दशमलव ०७ रुपैयाँबाट बृद्धि भई १७.५० रुपैयाँ पुगेको छ । साथै, कम्पनीको प्रति शेयर नेटवर्थ २११.७१ रुपैयाँ रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?