National life

नेको इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २९.५४ करोड,जेनजी आन्दोलनका कारण नाफा प्रभावित

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|३० कात्तिक २०८२, आइतबार
735Shares
नेको इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २९.५४ करोड,जेनजी आन्दोलनका कारण नाफा प्रभावित
ncell

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन २९ करोड ५४ लाख ७ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा साढे ३ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा जेन जी आन्दोलन तथा वर्षाको कारण भएको क्षतिको ठुलो दावी भुक्तानीको कारण कम्पनीको नाफा ८ करोड ३१ लाख रुपैयाँ ऋणात्मक भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ७ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

यस समिक्षा अवधिसम्ममा कम्पनीको कुल दाबी भुक्तानी ६५ प्रतिशतले बढेर ५२ करोड ९९ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त दाबी भुक्तानी ३२ करोड १० लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको कुल आम्दानी ४.२२ प्रतिशतले बढेर ५१ करोड ९९ लाख र कुल खर्च ६० प्रतिशतले बढेर ६३ करोड ८७ लाख रुपैयाँ पुगेको हो ।

असोज मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी २ अर्ब ६९ करोड र जगेडा कोषमा ४८ करोड ७४ लाख रुपैयाँ सञ्चिति रहेको छ। यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२.३५ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २२७.१५ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
735SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?