National life

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद थप, कहिलेसम्म पाइन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ फागुन २०८१, बुधबार
921Shares
नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद थप, कहिलेसम्म पाइन्छ ?
ncell

काठमाडौँ। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद बढाइएको छ ।

इन्स्योरेन्सले हाल कायम ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो। हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।

यस अनुसार इन्स्योरेन्सले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले माघ १८ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको हकप्रद शेयरमा चैत १४ गतेसम्म आवेदन दिन सकिनेछ। हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई आईआरएन सिंगल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।

शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नेको इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

 

यो समाचार शेयर गर्नुहोस्
921SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?