National life

 नेको इन्स्योरेन्स वित्तीय विवरण सार्वजनिक, खुद बीमाशुल्कसँगै नाफामा वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ फागुन २०८०, मङ्गलबार
1.2kShares
 नेको इन्स्योरेन्स वित्तीय विवरण सार्वजनिक, खुद बीमाशुल्कसँगै नाफामा वृद्धि
ncell

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ६१ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.१० प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आर्थिक वर्षमा इन्सोरेन्सले सोही अवधिसम्ममा ५८ करोड ६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। यसर्थ इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। त्यसै गरी खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफामा समेत सामान्य बृद्धि आएको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १५.२३ प्रतिशत बढेर २२ करोड १२ लाख रुपैयाँ पुगेको छ। त्यसै गरी, समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १९.४२ प्रतिशत र कुल खर्च १.६७ प्रतिशत बढेको छ।

इन्स्योरेन्सको खुद दाबी खर्च भने सो अवधिमा १०.६९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ९५ पैसा रहेको इन्स्योरेन्सको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१ रुपैयाँ ९९ पैसा पुगेको छ।

२ अर्ब १ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १२ करोड २३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३६ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा २६ करोड ४७ लाख रुपैयाँ रहेको छ। यस अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी ३८.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ १ पैसा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?