National life

नेपालमा फेरि लोडसेडिङ सुरु हुने इप्पान अध्यक्ष कार्कीको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ माघ २०८१, आइतबार
759Shares
नेपालमा फेरि लोडसेडिङ सुरु हुने इप्पान अध्यक्ष कार्कीको दाबी
ncell

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा फेरि लोडसेडिङ सुरु हुने बताएका छन् । उनले आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुलुकमा योजना बन्न धेरै समय लाग्ने हो भने नेपालमा फेरि लोडसेडिङ सुरु हुने बताएका हुन् ।

उनले नेपालमा यसरी नै योजाना बन्न समय लाग्ने र यस्तै बाधा हुने हो भने १९ हजार ७३६ मेगावाटका आयोजना तोकिएको समयमै नबन्ने बताए । यसका कारण अब नेपालको बिजुली बेच्ने सपना मात्रै तुहिने मात्रै भई नेपालमा फेरि लोडसेडिङ हुने दाबी गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालको विकासको बाधक कानुन रहेको बताउँदै उनले भने, ‘एउटाले काम गर भन्छ तर वनको कानुनले रोक्छ । हामी हत्तु भैसकेका छौँ । उल्टो कानुन र गैर जिम्मेवारीपुर्ण निर्णयले नेपालमा १९ हाजरभन्दा धेरै मेगावाटका प्रोजेक्ट नबन्ने अवस्थामा छ ।’

अध्यक्ष कार्कीले देशले अगाडि लगेको २८ हजार ५०० मेगावाट आयोजना बन्ने बाटोमा छ तर वनको कानुनका कारण ट्रान्स्मिसन लाइन नबन्दा यो लक्ष्य पूरा नहुने बाटोमा रहेको जनाए ।

‘यसले राष्ट्रलाई ठूलो क्षति पुग्दै छ । हामी लगानी गर्न नसक्ने अवस्थामा पुगेका छौँ । यसमा राज्य सरकार तथा सरोकारवाला निकायबाट उचित निर्णय नभए नेपालको समुन्नतिको मापदण्डको रुपमा रहेको जलविद्युत बन्दैन’ उनले भने ।

यो समाचार शेयर गर्नुहोस्
759SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?