National life

नेपाल आयल निगममा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ भदौ २०८१, शुक्रबार
1.4kShares
नेपाल आयल निगममा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?
ncell

काठमाडौँ। नेपाल आयल निगमले विभिन्न पदका लागि ३५ कर्मचारी मागको सुचना निकालेको छ । निगमले लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत् नियुक्त हुनेगरी कर्मचारी माग गरेको हो।

निगमले आठौं तहदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ । अप्राविधिक,प्रशासन,इन्जिनियरिङ, लेखा जस्ता समूहका लागि गरिएको दरखास्त आह्वानमा निगमले रिक्त रहेका विभिन्न पद खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले अनलाइन फाराम भर्न सक्ने निगमले जारी गरेको सुचनामा भनिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

योग्यता पुग्ने इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनभित्र दरखास्त फाराम पेस गर्नसक्ने छन् ।

दरखास्त दिने अन्तिम मितिभित्र निर्धारित शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ र शैक्षिक योग्यता प्रदान गर्ने निकाय वा विश्वविद्यालयबाट प्राप्त हुने प्रमाण पत्र वा लब्धाङ्क विवरण, ट्रान्सक्रिष्ट प्राप्त गरिसकेको हुनुपर्नेछ। विदेशी संस्थामा अध्ययन गरेका उम्मेदवारहरूले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताको समकक्षता निर्धारण गराई पेश गर्नुपर्नेछ ।

दरखास्त साथ आवश्यक न्यूनतम शैक्षिक योग्यता सम्पका प्रमाणित प्रमाणपत्रहरू पेश गर्नुपर्नेछ । समावेशी समूहको आवेदनको हकमा सम्बन्धित निकायबाट प्रमाणित कागजात पेश गर्नुपर्नेछ । इन्जिनियरिङ समूहको तह ६ र सो भन्दा माथिका पदहरूका लागि इन्जिनियरिङ परिषद्मा दर्ता भएको प्रमाण पत्र र चार्टर्ड एकाउन्टेन्ट पदका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्य बनेको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म तह विहीन, तह ४ र ५ को हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको एवं तह ६ र ७ को हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर महिला एवं अपाङ्गता भएका उम्मेदवारको हकमा भने दरखास्त दिने अन्तिम मितिसम्म उमेरको माथिल्लो हद ४० वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै, तह को हकमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । तर निगमको सेवाको पदमा स्थायी बहालवाला कर्मचारीलाई उमेरको हद नलाग्ने जारी गरिएको सुचनामा भनिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?