National life

नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले माग्यो सीईओ, यी मापदण्ड पुरा गरेको हुनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
630Shares
नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले माग्यो सीईओ, यी मापदण्ड पुरा गरेको हुनुपर्ने
ncell

काठमाडौँ। नेपालको पहिलो पूर्वाधार बैंकको रुपमा स्थापित रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाल सरकार तथा विभिन्न वित्तीय संस्थाद्वारा प्रवर्द्धित निफ्राले एक सूचना जारी गर्दै सीईओ पदपूर्तिका लागि दरखास्त खुला गरेको हो ।  सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, मोनिटरी,अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, व्यवसाय प्रशासन वा कानुनमा स्नातकोत्तर गरेको हुनुपर्ने बैंकले जनाएको छ।

बैंकले कम्तीमा १० वर्ष अफिसर स्तरमा काम गरेको वा बैंकिङ अथवा वित्त क्षेत्र, सरकारी निकायहरू, निजी क्षेत्र, विश्वविद्यालय अथवा अन्तर्राष्ट्रिय निकाय वा संस्थाहरू अधिकृतभन्दा माथिल्लो तहमा काम गरेको हुनुपर्ने मापनन्द कायम गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अथवा चार्टर अकाउन्टेन्सी (सीए) अथवा व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कमर्स, तथ्यांकशास्त्र, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन तथा कानुनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

सीईओ पदका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड पुरा गरेको हुनुपर्ने बैंकले जनाएको छ । योग्य इच्छुक आवेदकले आवश्यक कागजातसहित आगामी ५ वर्षे व्यावसायिक रणनीति कार्य योजना समावेश गरी चैत २९ गते ५ः३० बजेसम्म आवेदन दिन सक्नेछन् । सर्ट लिस्टमा परेका आवेदकलाई अगाडीको छनोट प्रक्रियामा समावेश गरिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?