National life

नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोषको २३.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ फागुन २०८०, शुक्रबार
617Shares
नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोषको २३.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २३ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।

ईन्सोरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष (सीआईटी) को संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।

कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता गरी कुल २३ लाख १२ हजार ४८३ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।

नेपाल पुनर्बीमा कम्पनीको न्यूनतम शेयर मूल्य प्रतिकित्ता २८० रुपैयाँ र सीआईटीको शेयर मूल्य प्रतिकित्ता ७८० रुपैयाँ निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर सङ्ख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग खुलाउनुपर्ने छ ।

सेयर खरिदका लागि बोलपत्र पेस गर्दा नेपाल पुनर्बीमाका लागि न्यूनतम २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको लागि न्यूनतम १५ हजार कित्ताका लागि खरिद आवेदन दिनु पर्नेछ। सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

बोलपत्र आवेदन एनएमबी क्यापिटलको कार्यालय बालुवाटार काठमाण्डौमा दिनुपर्ने छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोही व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति चैत २२ गते तोकिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
617SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?