काठमाडौं । बुधबारका दिन आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ। उक्त दिन बजार १.८८ अंकले घटेर २६७५.५१ को विन्दुमा कायम भएको छ ।
आज नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड ३८ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको हो।
त्यस्तै, पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख ४८ हजार रुपैयाँ बराबर सहित कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको छ । साथै, आज सम्वृद्धि फाइनान्सको २३ करोड ७५ लाख १४ हजार रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १९ करोड ७३ लाख ४० हजार रुपैयाँ कारोबार भएको हो



































