National life

नेप्से पुनः २५ सयकै लाइनमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ पुस २०८१, मङ्गलबार
740Shares
नेप्से पुनः २५ सयकै लाइनमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा
ncell

काठमाडौँ । साताको दोस्रो कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । लगातार रूपमा बजारमा गिरावट आउँदा लगानीकर्ताको आत्मबलमा गिरावट आएको छ ।

नेप्से सूचकले २६ सयको मनोवैज्ञानिक स्तर तोडेर २५ सयको स्तरमा झर्दा धेरै लगानीकर्तामा थप निराशा चुलिएको छ । बजारमा लगातारको उतार–चढावका कारण दैनिक कारोबार रकम पनि औसतमा कम देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर बजारको हालको परिस्थितिले जोखिमप्रति सचेत रहन र दीर्घकालीन दृष्टिकोणका साथ रणनीतिक लगानी गर्न लगानीकर्ताहरूलाई सन्देश दिएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.०८ अकंले घटेर २५७६.५० बिन्दुमा आइपुगेको छ।

उक्त दिन ३०८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज विकास बैंक र फाइनान्स कम्पनीको शेयर मूल्यमा सर्वाधिक गिरावट देखिएको छ। विकास बैंक समूहको २.७७ प्रतिशत र फाइनान्स समूहको ५.१९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको ३५ करोड ९४ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ।त्यस्तै, नेपाल फाइनान्सको १७ करोड ७ लाख रुपैयाँ, जानकी फाइनान्सको १४ करोड ४२ लाख रुपैयाँ कारोबार भएको हो।

यो समाचार शेयर गर्नुहोस्
740SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?