काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले प्रादेशिक प्रमुख तथा उपप्रमुख,मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर र सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि रोजगारी खुलाएको हो ।
प्रादेशिक प्रमुख तथा उपप्रमुख पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्ने कम्पनीले जनाएको छ । कम्तीमा बैंक,बीमा र मार्केटिङ क्षेत्रमा १० वर्ष काम गरेको समेत हुनु पर्नेछ।
उपप्रमुख,मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर पदका लागि पनि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र कार्यानुभव हासिल गरेको हुनु पर्ने जनाएको हो।
यस्तै सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि स्नातक वा १२ कक्षा उर्तीण गरेको हुनु पर्ने कम्पनीले जनाएको छ । इच्छुक आवेदकले प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।

































