National life

'पिक सिजन'मा समेत भएन अपेक्षा अनुरूप पर्यटक आगमन: कुन महिनामा कति आए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८१, मङ्गलबार
860Shares
'पिक सिजन'मा समेत भएन अपेक्षा अनुरूप पर्यटक आगमन: कुन महिनामा कति आए ?
ncell

काठमाडौँ। नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९३ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो ‘पिक सिजन’ को समयमा भने कमी हो ।

मुख्य पर्यटन सिजनमै पर्यटक आगमन उत्साहजनक रहन नसकेपछि सरकारको लक्ष्य प्राप्तिमा समेत कठिनाइ खडा गरेको छ । सन् २०१९ को यसै महिनाको तुलनामा समेत कम पर्यटक आएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अक्टोबर महिनामा २०१९ मा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल आएका थिए । अक्टोबर २०२३ मा १ लाख १७ हजार ३ सय ६ आएको तथ्यांक छ। यो महिना अघिल्लो वर्षको तुलनामा भने ६ प्रतिशत धेरै पर्यटक आएका छन् ।

यो वर्ष १० महिनामा साढे ९ लाख पर्यटक नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार यो वर्ष सबैभन्दा धेरै मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटक आएका थिए । अप्रिलमा १ लाख ११ हजार ३ सय ७६ र अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३ पर्यटक आएका थिए ।

जस अनुसार, जनवरीमा ७९,१००, फेब्रुअरीमा ९७,४२६, मार्चमा १,२८,१६७, अप्रिलमा १,११,३७६, मे महिनामा ९०,२११, जुनमा ७६,७३६, जुलाईमा ६४,५९९, अगस्टमा ७२,७१९, सेप्टेम्बरमा ९६,३०५, अक्टोबरमा १,२४,३९३, जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

बोर्डको तथ्यांक अनुसार अक्टोबरमा १६ हजार ३ सय १३ भारतीय र १६ हजार २३ अमेरिकी पर्यटक नेपाल आएका छन् । त्यस्तै बेलायतबाट ८ हजार १९ र चीनबाट ७ हजार ७ सय ५० पर्यटक आएको तथ्यांकले देखाएको छ। अस्ट्रेलियाबाट ६ हजार ९ सय २९, जर्मनी ६ हजार १८, फ्रान्स ५ हजार ४ सय ८५, बंगलादेश ४ हजार ४ सय ७६, श्रीलंका ३ हजार १ सय २५ र इटालीबाट २ हजार ६ सय ३५ जना आएको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
860SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?