National life

पोखरा महानगरका इन्जिनियर बरालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० वैशाख २०८१, बिहिबार
680Shares
पोखरा महानगरका इन्जिनियर बरालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
ncell

काठमाडौँ । पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल, सब-इन्जिनियर उषा किरण रोकाया र कन्सल्टेन्सी सेवाका सुरज कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

तीन जनाको मिलेमतोमा सेवाग्राहीबाट ३ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। कन्सल्टेन्सी सञ्चालक सुरज कुँवरले सेवाग्राहीबाट महानगरका इन्जिनियरको निर्देशनमा घुस उठाउने गरेको अख्तियारको अनुसन्धानको दाबी छ ।

महानगरमा कार्यरत सब-इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने नाममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको पोखरा कार्यालयको टोलीले गत चैत २८ गते नियन्त्रणमा लिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अख्तियारका अनुसार, कन्सल्टेन्सी सञ्चालक सुरज कुँवरले २ लाख रुपैयाँ उषा किरण रोकायालाई दिएको र उक्त रकम रोकायाले इन्जिनियर शिवप्रसाद बराललाई दिएको पाइएको छ। बरालले उक्त २ लाख रुपैयाँ आफ्नै नाममा रहेको बैँक खातामा जम्मा गरेको अनुसन्धानले देखाएको छ। बाँकी डेढ लाख रुपैयाँ घुस कुँवरले आफैसँग राखेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
680SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?