काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा कागजातका आधारमा नागरिकता प्रमाणपत्र दिलाएको आरोपमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले यस प्रकरणमा संलग्न भएको आरोपमा सिन्धुपाल्चोक इन्द्रावतीकी रिता भट्टराई, वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई तथा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई समेत प्रतिवादी बनाएको छ।
त्यस्तै, घटनाको छानबिनका लागि गठन गरिएको समितिका संयोजक तथा तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलमाथि पनि मुद्दा चलाइएको छ।
यसअघि मेयर सिंह गत साता पक्राउ परेका थिए र पछि धरौटीमा रिहा भएका छन्।


































