National life

सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको कडा कारबाही, भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०४ जेठ २०८३, सोमबार
4.4kShares
सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको कडा कारबाही, भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौँ । सेवाग्राहीसँग अवैध रकम लिएको आरोपमा रूपन्देहीस्थित मालपोत कार्यालयका नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

जग्गाको श्रेस्ता अद्यावधिक गर्ने, नामसारी तथा दाखिल खारेजको काम मिलाइदिने बहानामा घुस माग गरेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । सेवाग्राहीबाट लिइसकेको अवस्थामा उनीसँग दुई लाख रुपैयाँ नगद फेला परेको आयोगले जनाएको छ ।

अनुसन्धानका क्रममा उनले जिर्ण श्रेस्ता कायम गर्ने तथा अपुताली जग्गा नामसारीजस्ता काम गरिदिने भन्दै सेवाग्राहीसँग रकम लिएको पुष्टि भएको आयोगको भनाइ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रमाणसहित दोषी देखिएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही अघि बढाइएको छ । आयोगले बिगो बराबर जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
4.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?