National life

५ लाख ८४ हजार बिगो सहित मेयर, उपमेय विरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
684Shares
५ लाख ८४ हजार बिगो सहित मेयर, उपमेय विरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर, उपमेयरसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जलेश्वर नगरपालिका–१ हाटबजार क्षेत्रमा गरिएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोप सहित अख्तियारले विशेष अदालतमा आज मुद्दा दायर गरेको हो। मुद्दा दायर हुनेमा मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वडा नं १ का अध्यक्ष अनिलकुमार झा रहेका छन्।

साथै अधिकृत छैटौँ धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सब–इन्जिनियर दीपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीविरुद्ध मुद्दा परेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भ्रष्टाचार  मुद्दा दायर भएका उनीहरूलाई ५ लाख ८४ हजार बिगो असुल्न अख्तियारले माग दाबी गरेको  समेत गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?