National life

प्रतिनिधि सभा बैठकमा आज खर्च कटौती सहितको प्रस्ताव पेश गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ असार २०८१, बुधबार
669Shares
प्रतिनिधि सभा बैठकमा आज खर्च कटौती सहितको प्रस्ताव पेश गर्ने
ncell

काठमाडौं । बुधबार संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज पनि सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेश कार्यसूचि रहेको छ ।

सांसद माननीय पुष्पबहादुर शाहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?