National life

आज बस्ने प्रतिनिधि सभाको बैठकको यस्तो छ कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
681Shares
आज बस्ने प्रतिनिधि सभाको बैठकको यस्तो छ कार्यसूची
ncell

काठमाडौँ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको उक्त बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या र कृषि तथा पशुपन्छी विकास मन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

यस्तै सभामुख देवराज घिमिरेले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्य सञ्चालन० नियमावली, २०८० को नियम २८ को उपनियम ९२० बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामुख घिमिरेले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

यस्तै गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सांसद तोसिमा कार्कीले ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकाले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?