National life

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ असार २०८१, सोमबार
702Shares
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची
ncell

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ।व।२०७९र०८० पेश गर्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संसद सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठनले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यस्तै प्रधानमन्त्री एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दाहालले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
702SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?