काठमाडौं । अकामा होटेल लिमिटेडले प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँमा आईपीओ ल्याउने तयारीमा गरेको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने उदेश्य सहित विशेष साधारण सभा मार्फत कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने भएको छ।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं महानगरपालिका ४ धुम्बाराहीमा रहेको अकामा होटेलमा फागुन १४ गते बिहान साढे ११ बजे विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो ।
उक्त सभामा हाल कायम १०० रुपैयाँ अंकित मूल्यलाई ५० रुपैयाँमा विभाजन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सोही अनुसार सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्ताव पेश गर्ने एजेण्डा रहेको छ ।
यस्तै यस कम्पनीले अधिकृत, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सञ्चालक तथा सो अन्तर्गत गठित समितिका सदस्यहरुको पारिश्रमिक भत्ता तथा सुविधा निर्धारण गर्ने विषयमा छलफल गरी पारित हुने कम्पनीले जनाएको छ ।
































