काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आज ५० लाख जम्मा गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
यस्तै सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले रु १० लाख हस्तान्तरण गरेकी थिइन् ।
कर्पोरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गरेको कर्पोरेसनले जनाएको छ ।

































