National life

प्रभु बैंकले घटायो निक्षेपको ब्याजदर, कुन अवधिका लागि कति पाइन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ साउन २०८१, शुक्रबार
702Shares
प्रभु बैंकले घटायो निक्षेपको ब्याजदर, कुन अवधिका लागि कति पाइन्छ ?
ncell

काठमाडौँ । प्रभु बैंक लिमिटेडले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। भदौ १ गतेदेखि लागू हुने बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ देखि १२ महिना अवधिका लागि ३.१०० प्रतिशत १२ महिनादेखि ५ वर्ष अवधिका लागि ४.१०० प्रतिशत र ५ वर्षदेखि माथिका लागि ५.१०० प्रतिशत ब्याजदर कायम गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै संस्थागतमा ६ देखि १२ महिनाका लागि ३.१०० प्रतिशत, १२ महिनादेखि ५ वर्षका लागि ४.१०० प्रतिशत र ५ वर्षदेखि माथिका लागि ५.१०० प्रतिशत ब्याजदर कायम गरेको छ।

प्रभु उन्नति मुद्दती रेमिटेन्समा सबै अवधिका लागि ७.१०० प्रतिशत, प्रभु रिक्युरिङ फिक्स्ड डिपोजिटमा ६ देखि १२ महिनाका लागि ५.१०० प्रतिशत , १२ महिनादेखि ५ वर्षका लागि ५.६०० प्रतिशत र ५ वर्षदेखि माथिका लागि ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

५ वर्षे स्वर्णिम मुद्दती (व्यक्तिगत) मा ६.१०० प्रतिशत ब्याजदर कायम गरेको छ । साउनमा बैंकले संस्थागतमा ६ प्रतिशत, व्यक्तिगतमा ७ प्रतिशत, प्रभु उन्नति रेमिटेन्समा ८ प्रतिशत , स्वर्णिम मुद्दतीमा ७ प्रतिशत र प्रभु रिक्युरिङ फिक्स्ड डिपोजिटमा ७ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।

बचत खातामा भने बैंकले न्यूनतम ३ प्रतिशत देखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
702SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?