काठमाडौँ। प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ। सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै आवेदन पेश गर्न सकिने बैंकले जनाएको छ ।
संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
बिक्री गर्ने संस्थापकको नाम तथा बिक्री मूल्यका बारेमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

































