काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले शेयर धनीका लागि ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
बैंकको कात्तिक ११ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयर धनीहरूमा वितरण हुनेछ ।



































