National life

फाइनान्स कम्पनीको खराब कर्जा ३४.६४ % पुग्यो, कुनको कति बढ्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ मंसिर २०८१, मङ्गलबार
651Shares
फाइनान्स कम्पनीको खराब कर्जा ३४.६४ % पुग्यो, कुनको कति बढ्यो ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आइपुग्दा फाइनान्स कम्पनीको खराब कर्जामा ह्वात्तै वृद्धि भएको छ। यो अवधिमा कम्पनीहरूको खराब कर्जा ३४.६४ प्रतिशत पुगेको छ।

आन्तरिक अर्थतन्त्रमा सुस्तता कायम हुँदा बैंक तथा वित्त कम्पनीहरूले प्रभावकारी रूपमा कर्जा प्रवाह गर्न सकेका छैनन् यता ऋण असुलीमा समेत सकस भएको देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसको कारण बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढ्दो क्रममा रहेको छ।

एक वर्षको अवधिमा फाइनान्स कम्पनीहरूको खराब कर्जा औसतमा ३.४१ प्रतिशत बिन्दुले बढेर ९.१८ प्रतिशत पुगेको छ। २०८० असोज मसान्तमा फाइनान्सहरूको औसतमा खराब कर्जा ५.७१ प्रतिशत थियो।

समृद्धि फाइनान्सको खराब कर्जा १८.६८ प्रतिशत बिन्दुले बढेर २३.४७ प्रतिशत पुगेको छ। गुहेश्वरी मर्चोन्ट र नेपाल फाइनान्सको खराब कर्जामा समेत १० प्रतिशतभन्दा धेरै छ। सबैभन्दा कम खराब कर्जा मञ्जुश्री फाइनान्सको ३.१२ प्रतिशत छ।

यस अवधिमा जानकी फाइनान्सको खराब कर्जा १७.०४ प्रतिशत बिन्दुले बढेर ३४.६४ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको अधिकतम सीमा ५ प्रतिशतभन्दा बढी हुन हुँदैन।

खराब कर्जा अनुपात ५ प्रतिशत भन्दा बढी देखिएमा राष्ट्र बैंकले कारबाही स्वरूप निक्षेप तथा कर्जा प्रवाहमा न्यूनतम सीमा तोकिदिने, शाखा खोल्न, कर्मचारीहरूको पारिश्रमिक बढाउन, लाभांश वितरण गर्न रोक लगाउने व्यवस्था छ ।

यो समाचार शेयर गर्नुहोस्
651SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?