National life

बजेट निर्माण सम्बन्धमा माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
818Shares
बजेट निर्माण सम्बन्धमा माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
ncell

काठमाडौं–आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा अर्थमन्त्री वर्षमान पुन 'अनन्त'लाई माओवादी केन्द्र सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन्।

माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आईतबार पुनलाई विभिन्न विभागका प्रमुखसँग छलफल गरेका थिए । मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुन्।

कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिनका लागि आग्रह गरेका हुन ।

बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिकरसामाजिक रुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरुले सुझाए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा अर्थमन्त्री पुनले सहभागितामुलक रुपमा बजेट निर्माण गरिने बताए। गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने बताएका छन् । आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाए।

यो समाचार शेयर गर्नुहोस्
818SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?