National life

बाढीबाट मधेश प्रदेशमा मात्रै ८० करोड ४५ लाख भन्दा बढीको क्षति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असोज २०८१, बुधबार
777Shares
बाढीबाट मधेश प्रदेशमा मात्रै ८० करोड ४५ लाख भन्दा बढीको क्षति
ncell

काठमाडौं । यहीँ असोज १२ र १३ गतेको अविरल वर्षासंगै आएको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ ।

मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति रु १९ करोड ५० लाखभन्दा बढीको हो ।

सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट रु नौ करोड ५० लाखको क्षति भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले रु नौ करोड २५ लाख, बारामा रु आठ करोड ५० लाख, सिरहामा रु सात करोड ९० लाख, महोत्तरीमा रु सात करोड ५० लाख र पर्सामा रु पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
777SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?